माओवादीको निर्वाचन तालिका प्रकाशित, आज उम्मेदवारी दर्ता, भोलि मतदान

काठमाडौं– नेकपा माओवादी केन्द्रले निर्वाचनबाटै नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

माओवादी केन्द्रले पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।

अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४:१५ बजेसम्म, ४:५० सम्म दाबी बिरोध माथी अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।

यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजे देखी सुरु हुनेछ भने भने राति १०:३० मा उम्मेदवार मनोनयन पछिको सूची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

राति १०:३० मा उम्मेदवारी सूची सार्वजनिक गरे लगत्तै आइतबार बिहानबाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८:०० देखि ८:३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सूचना ८:३५ मा निर्वाचन समितिले दिने छ ।

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८:४० देखि ९:०० बजेसम्म गर्नेछन र ९:१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । ९:३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ ।

बिहान ११:४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११:३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.