उत्तरी इलाममा भारी हिमपात, जनजीवन कष्टकर
इलाम- इलामका उत्तरी क्षेत्रमा हिमपात भइरहेकाे छ ।
विहिबारदेखि परेकाे हिउँ पर्ने क्रम आजपनि जारी छ । जाैबारी, मेघ्मा , तुम्लिङ् , सन्दकपुर , थुम्केरानी , पाटेनागि , कालपाेखरी क्षेत्रमा हिउँ परेकाे छ ।
याे वर्ष तेस्राे पटक हिउँ परेपछि लेकाली क्षेत्रकाे जनजिवन कष्टकर बनेकाे छ । थुम्के जाैबारी आसपासका क्षेत्रमा हिउँ खेल्न मानिसहरु जम्मा हुन थालेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्