२५९०९ जनाको परीक्षण, १२००८ संक्रमित
२४ घण्टामा ३०४० डिस्चार्ज, ८ जनाको मृत्यु
काठमाडौं– पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २५९०९ जनाको परीक्षण गर्दा १२००८ संक्रमित भएका हुन् ।
१८ हजार १०३ नमूनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३०४० डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्