नौविसे-नागढुंगा सडक खण्ड तत्काल मर्मत गर्न धादिङ प्रशासनको निर्देशन

धादिङ- बिग्रँदो सडकले गर्दा सवारी आवागमनमा निकै समस्या हुन थालेपछि तत्काल सडक मर्मत गर्न धादिङका प्रमुख जिल्ला अधिकारीले सडक विभागलाई निर्देशन दिनुभएको छ ।

विग्रँदो सडक र झन्झटिलो यात्रा मात्र नभई जोखिमयुक्त र सवारी दुर्घटनाको मुख्य कारण भएको भन्दै यात्रुहरुको जिउधनको सुरक्षाका लागि सडक सुधार आवाश्यक भएको भन्दै सडक मर्मतको गर्न निर्देशन गर्नु भएको हो ।

नौविसे-नागढुङ्ग सडक खण्डमा तत्काल भइरहेको सडकको अवस्था सुधार गर्नका लागि धादिङका प्रमुख जिल्ला अधिकारीले सडक विभागलाई निर्देशन गर्नु भएको छ ।

नौविसेदेखी नगाढुङ्गसम्म सडक विग्रिएर सवारी आवागमनमा निकै समस्या भएको भन्दै तत्काल सडक मर्मत गर्नुपर्ने भएको हो ।

दैनिक हजारौँ सवारीका साधनहरुबाट मानिसहरु आवतजावत गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथको अवस्था निकै दयनीय भएको र जस्ले गर्दा यात्रुहरुले पनि यात्राका क्रमम सास्ति खेप्नु परेको छ ।

यात्रुहरुको जिउधनको सुरक्षा आफ्नो दाइत्व भएको भन्दै भन्दै सडक सुधार गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको धारणा थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.