एमसिसीबारे सत्ता साझेदार दलहरुको बैठक भोलि , आज संसदमा पेश नहुने

काठमाडौँ- सत्ता साझेदार दलहरूकै बीचमा सहमति नबनेपछि आजको प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबुल नहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटका क्रममा आजको बैठकमा एमसिसी टेबुल नगर्ने सहमति बनेको हो ।

पार्टी संसदीय दलको बैठकपछि दाहाल त्यसबारे जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो ।

देउवा र दाहालबीच आज एमसीसी टेबल नगर्ने र त्यसबारे बिहिबार सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.