प्रतिनिधि सभा बैठक सुरु (लाइभ)
काठमाडौं– प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
बैठक सुरु भएलगत्तै विपक्षी दल नेकपा एमालेले विरोध प्रदर्शन गरिरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सदन अवरोध भएको अवस्थामा एमसीसी प्रस्तुत हुन नसक्ने बताउनुभयो ।
लामो छलफल र बहसपछि नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौता संसदको कार्यसूचीमा परेको छ ।
प्रतिनिधि सभाको आजको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने उल्लेख छ ।
राजनीतिक दलहरुबीच सहमति नहुँदा एमसीसी प्रतिनिधि सभामा दर्ता भए पनि प्रवेश पाएको थिएन ।
सत्ता गठबन्धनका दलहरुबीच एमसीसी टेबुल गर्ने सहमति भएपछि प्रतिनिधि सभााको कार्यसूचीमा परेको हो ।
प्रतिक्रिया राख्नुहोस्