१५५ नयाँ संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । यसैगरी ५४० जना भने संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ । जसमध्ये ९२ जना आइसियु र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.