उपत्यकाभित्र स्थानीय तहले दिने अतिआवश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द (भिडियो)

उपत्यकाभित्र भदौ १५ गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन माग

काठमाडौं- राजधानी काठमाडौ उपत्यका नगरपालिका फोरमले स्थानीय तहबाट हुँदै आएका अति आवश्यक बाहेकका सेवा प्रवाह आगामी तीन हप्ताका लागि बन्द गरेको छ ।

राजधानी काठमाडौंमा संक्रमण दर बढ्दै गइरहेको बेला जोखिम थप बढ्न नदिन उपत्यकाका स्थानीय तहहरुको संयुक्त संयन्त्र उपत्यका नगरपालिका फोरमले स्थानिय तहबाट प्रवाह गर्दै आएको अति आवश्यक बाहेका सेवा प्रवाह आगामी तीन साताका लागि बन्द गराएको हो ।

यस्तै नगरपालिका फोरमले उपत्यकाभित्र भदौ १५ गतेसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी अबैध रुपमा मानिसहरु राजधानि प्रवेश गर्ने र गराउने कार्य नोरोकिंदा संक्रमणको जोखिम झनै बढेको भन्दै राजधानी प्रवेश विन्दुहरु थप कडाइ गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

स्थानीय तहले क्वारेन्टाइन र आशोलेशन सेन्टरको संचालन र थप निर्माण गर्नुपर्ने दवाव आइरहेको वेला फोरमले एकिकृत करेन्टाइन संघीय सरकारले संचालन गर्ने स्थानीय तहले त्यसको ब्यवस्थापनमा सहयोगीको भूमिका निर्वाह गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी फोरमले कोभिड संक्रमणका कारण जेष्ठ नगारिक नै बढी जोखिममा पर्ने भन्दै साउन मसान्तसम्म समय सीमा रहेको समाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणको म्याद अशोज मसान्तसम्म कायम गर्न सरकारलाई आग्रह गरेको छ ।

कलकारखानमा र उद्योग धन्दा ब्यापारिक क्षेत्र होटेलहरुमा मापदण्डको प्रभावकारी पालनामा जोड दिंदै फुटपाथ ठेला गाडा र साइकिल व्यापरलाई भने भाद्र १५ सम्म निशेध गर्नुपर्ने सुझाब दिएका छन् । हाल काठमाडौं उपत्यकामा एक हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने कोभिड संक्रमणका कारण उपत्यकामा ८ जनाको निधन भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.