प्रधानमन्त्री देउवा भारतको बनारसमा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा केहीबेर अघि मात्र भारतको बनारस पुग्नु भएको छ।

त्यहाँ प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विमानस्थलमा स्वागत गर्नु भएको छ ।

यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुहुने छ ।

बनारसको भ्रमण सकी प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल आजे स्वदेश फर्कने कार्यक्रम छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.