पर्सामा थप ७३ जना संक्रमित

पर्सा-  पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ७३ जना संक्रमित थपिएका छन । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको गएराति आएको रिर्पोटमा ३ जना चिकित्सक ६ जना स्वाथ्यकर्मी र ८ जना सुरक्षाकर्मी सहित ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

साउन २३ गतेदेखि २६ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट संक्रलन गरिएका स्वाबको नमूनालाई परिक्षण गर्दा नेशनल मेडिकल शिक्षण अस्पतालमा कार्यरत २ जना, नारायणी अस्पतालमा कार्यरत १ चिकित्कस र ४ जना स्वाथ्यकर्मी संक्रमति भएको पाइएको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ८ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा २२ जना महिला र ५१ जना पुरुष रहेका छन् । गएराति आएको पीसीआर रिपोर्टमा संक्रमण मुक्त भई घर बसेका एक जना चिकित्सक र एक जना महिला सहित तीन जना पूनः संक्रमति भेटिएको डाक्टर उपाध्यायले जनकारी दिनुभयो ।

संक्रमित मध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाको वडा नं. ४ विर्ताका १८ जना छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.