साँझसम्म महानगर बाँडफाँड टुंग्याउँछौंः दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले साँझसम्म महानगर बाँडफाँड टुंगो लगाउने बताउनुभएको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले गठबन्धनमा सिट बाँडफाँडबारे सहमति हुन लागेको जानकारी दिनुभयो । आज साँझ बस्ने बैठकले निर्णय गर्ने उहाँको भनाइ छ ।
सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकाको बाँडफाँडबारे निरन्तर छलफल भइरहेको छ ।
अध्यक्ष दाहालले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाले अब चुनाव नगर्ने उल्लेख गर्नुभयो ।
एमाले नेतृत्वको गठबन्धनभन्दा आफूहरुको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील भएको दाहालको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्