‘भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नू’

काठमाडौं– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्न मन्त्रिपरिषदले साउन १९ गते गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ मा प्रमुख कार्यकारी अधिकृतका लागि निर्धारित १० वर्षको व्यवस्थापकीय अनुभव नरहेको जिकीर गर्दै परेको रिटमा दुवै पक्षबीच छलफल गराएर अन्तरिम आदेशको निर्णय गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको उच्च अदालत पाटनले जनाएको छ ।

मुद्दाको कानूनी प्रश्न निरुपण गर्न अदालतको सहयोगीका रुपमा एमिकस क्युरी बनाएर २ जना वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई उपस्थित गराउन उच्च अदालतले उच्च अदालत बार एसोसिएसन पाटनलाई भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.