कपिलवस्तुका दुई जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही– कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा उपचारत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको लक्षण देखिएर साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा २५ गते नै पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कपिलवस्तुकै २५ वर्षीय युवाको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका युवा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो । राति स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

एक जनामा कोरोना पोजिटिभ थियो भने एक जनाको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हालसम्म रिपोर्ट आएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.