संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने

काठमाडौं- संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिनुभयो ।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उहाँले जानकारी दिनुभयो । बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.