गुल्मीमा २१ महिनाका बालकको मृगौला फेल

गुल्मी– गुल्मीका मृगौला पीडित बालक उपचार नपाएर घरमै बस्न बाध्य भएका छन् ।

गुल्मीमा २१ महिनाका बालकको दुवै मृगौला फेल भएपछि उपचार गर्ने पैेसा अभावमा घरमै राखिएको हो । उपचारको लागि धेरै रकम लाग्ने भएपछि ती बालक यतिबेला उपचारको पर्खाइमै घरमै बस्न बाध्य भएका हुन् ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–५ का २१ महिनाका वालक जक्सन गिरीको दुवै मृगौलाले काम गर्न छोडेपछि परिवारले सहयोगको याचना गरेका छन् । उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगे पनि ठूलो रकमलाग्ने भएकोले अहिले पैसाको अभावमा घरमै राखिएको बताउनुभयो ।

आफ्नो छोरोको दुबै मृगौलाले काम गर्न छोडे पछि आमा हिमा गिरीले सबैसँग सहयोगको याचना गर्नुभएको छ । आर्थिक समस्याको कारणले गर्दा छोराको उपचार गर्न नसकिएको परिवारले जनाएको छ ।

अहिले सम्म छोरोको उपचारमा ३ लाख खर्च भइसकेको छ । आफूसँग भएको सबै रकम छोरा कै उपचारमा लगाए पनि स्वास्थ्यमा कुनै सुधार नभएको बालककी आमाको भनाई छ । उपचारको लागि छिमेकबाट पैशा ऋण गरे पनि आफूसँग कुनै उपाय नभएको भन्दै सहयोगको लागि आग्रह गरेको आमा हिमा गिरीले बताउनुभयो ।

आर्थिक अभावमा उपचार नपाएर घरमै छटपटाइरहेका यी साना बालकको उपचारमा सम्पूर्ण नेपालीहरुको सहयोग रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.