धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेक सबै सेवा बन्द

काभ्रे- धुलिखेल नगरपालिका वडा नं. ७ मा रहेको धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेकको सेवा बन्द भएको छ ।

आज धुलिखेल अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरसको संक्रमण देखा परेपछि इमरजेन्सी बाहेकको सेवा बन्द भएको हो । संक्रमण देखा परेकी नर्स अस्पतालका सबै विभागमा सम्पर्कमा पुगेको हुनाले उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको समेत स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

त्यस्तै धुलिखेल अस्पताल बाहिर रहेको एक होटल व्यवसायीलाई समेत कोरोना संक्रमण देखिएपछि धुलिखेल अस्पताल आसपासका होटलहरु समेत बन्द गरिएको छ ।

डा. झाका अनुसार आज पनि संघीय प्रहरी इकाई जनागालका थप ६ जना प्रहरी, धुलिखेल अस्पतालका एक जना स्वास्थ्यकर्मी, धुलिखेल अस्पताल बाहिरका एक जना होटल व्यवसायी तथा धुलिखेल नपा ७ का एक सर्वसाधारण सहित ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.