५ सय २५ कोरोना संक्रमित थपिए, उपत्यकामा १ सय २७ जना थपिए

काठमाडौं– बिहीबारमात्रै मुलुकभर ५ सय २५ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा १ सय ९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.