काभ्रेमा आइसोलेसन बेड अभाव

काभ्रे- पछिल्लो समय काभ्रे जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन बेड अभाव भएको छ । जिल्लाका दुई अस्पतालमा रहेका आइसोलेसन वार्डका बेड भरिएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ती अस्पतालमा बेड संख्या थपेर उपचार भइरहेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गतेसम्म ६ वटा नगरपालिकामा कम्तीमा १०/१० बेडको आइसोलेसन बेड तयार गर्न अनुरोध गरेको थियो । धुलिखेल अस्पताललाई थप ५० बेड र शिर मेमोरियल अस्पताललाई २० बेड क्षमताको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

जिल्लाको धुलिखेल अस्पतालमा १५ र शीर मेमोरियल अस्पतालमा ५ वटा आइसोलेसन बेड भएपनि क्षमता भन्दा बढी विरामी राखेर उपचार भइरहेको छ । १५ बेड क्षमताको धुलिखेल अस्पतालमा २५ जना र शिर मेमोरियल अस्पतालमा ७ जना संक्रमित राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनु भयो । यही दरमा संक्रमण फैलिए जिल्लामा आइसोलेसन बेड अभाव हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.