कार्यपालिका र जिससमा पनि सहमति गरेर अघि बढ्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं- सत्तारूढ पाँचदलीय गठबन्धको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबीच सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

सत्तारूढ पाँचदलीय गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमैत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ-आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

“पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ-आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.