प्रधानमन्त्री भेट्न मेयर बालेन बालुवाटारमा, प्रधानमन्त्रीले भन्नुभयो, ‘राम्रा काममा सरकारको सहयोग रहन्छ’

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताउनुभएको छ। बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवासँग भेट गर्न बुधबार दिउँसो महानगर प्रमुख शाह बालुवाटार पुग्नुभएको हो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ सहयोग रहने विश्वास दिलाउनुभएको छ। भेटमा प्रधानमन्त्री देउवाले महानगर प्रमुखमा विजयी हुनुभएकोमा शाहलाई बधाई दिनुभएको छ।

प्रधानमन्त्रीसँगको भेटमा महानगर प्रमुख शाहले आफूले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.