बोरिसलाई विश्वासको मत

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले संसदमा विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रधान मन्त्री जोनसनले संसदमा ५९ प्रतिशत विश्वासको मत प्राप्त गर्न सफल हुनु भएको छ। उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए। विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेको बीबीसीले जनाएको छ।

कन्जरभेटिभ पार्टीका ५४ सांसदले उहाँको नेतृत्वलाई चुनौती दिदै विश्वासको मत परिक्षण गर्न माग गरेपछि संसदमा मतदान भएको थियो । मे मा भएको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीको कमजोर नतिजा आए पछि जोनसनको नेतृत्वलाई लिएर आलोचना बढेको थियो। यसैगरि कोरोना संक्रमण उत्कर्षमा पुगेको बेला लकडाउनको समय आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक भएपछि उहाँ विरुध्द जन आक्रोश बढेको थ‍ियो ।

कोरोनाभाइरस महामारीबीच लकडाउनको समय बेलायतमा भोज भतेर तथा जमघटमा रोक लागेको बेला प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोनसनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.