सुनको भाउ ५ सय रुपैयाँ बढ्यो

काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.