बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु बन्द हुन थाले

उद्योगमा कार्यरत सङ्क्रमितमध्ये ६ जना सम्पर्कविहिन

बारा- उद्योगका मजदुरहरुमा कोरोना पोजेटिभ देखिएपछि बीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु बन्द हुन थालेका छन् ।

जीतपुरमा रहेको जगदम्बा ईन्टरप्राईजेजका ३ मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले केही हप्ताअघि उद्योग सिल गरेको थियो । यसैगरी सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना मजदुरलाई कोरोना पोजेटिभ देखिएको तर दुई दिनसम्म स्थानीय प्रशासनले उद्योग सिल नगरेपछि स्थानीयले नै उद्योगमा ताला लगाएका थिए ।

स्थानीयले ताला लगाएपछि हिजो स्थानीय प्रशासनले विज्ञप्तिमार्फत उद्योग सिल गरेको जनाएको छ । स्थानीयले नियन्त्रण लिएका मजदुर र तालाको चावी जितपुरसिमरा उप-महानगरपालिकाकी उपमेयर सरस्वती चौधरीलाई बुझाएका थिए । उपमेयर चौधरीले उद्योगलाई पटक पटक सचेत गराउँदा उद्योगले अटेरी गरेपछि स्थानियले ताला लगाउन बाध्य भएको बताउनुभयो ।

बारामा साउन २५ गते १ सय २३ जनाको स्वाब संकलन गरिएकामा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका ११ जना मध्ये ४ जना नेपाली र अन्य ७ जना भारतीय मजदुर रहेका थिए । सङ्क्रमित मध्ये ६ जना व्यक्ति अहिले सम्पर्कमा छैनन् । उनीहरु भारतीय भएकोले भारततर्फ नै गएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.