काभ्रेका सबै स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द

काभ्रे- दैनिकजसो जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका सबै स्थानीय तहले अत्यावश्यक बाहेका सेवा बन्द गरेका छन् । विज्ञप्ती जारी उनीहरुले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द भएको जनाएका हुन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनि शहरी क्षेत्रमा भेला, बैठक, गोष्ठी सेमिनार नगर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाको व्यापारिक केन्द्र बनेपाले अत्यावश्यक सेवा बाहेकका पसल, व्यवसाय समेत बन्द गर्न सूचना जारी गरेको छ । धुलिखेल नगरपालिकाले एक साताको लागि सेवा बन्द गर्दै धार्मिक स्थलमा हुने नित्य पूजा बाहेकका गतिविधिमा समेत रोक लगाएको छ । घरमा चाडपर्व मनाउदा समेत भौतिक दूरी कायम राखी स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न अनुरोध गरिएको नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिकामा कोरोनाको कारण एक जनाको मृत्यु समेत भएपछि बैंक, वित्तिय संस्था समेतका अन्य पेशा व्यवसाय एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो । मण्डन देउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको विज्ञप्ती जारी गरेका छन् । नमोबुद्ध नगरपालिकाको कार्यपालिका शनिबार बस्ने कार्यपालिका बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

जिल्लामा शुक्रबारसम्म ७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेका छन् । जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर, भुम्लु, महाभारत, तेमाल, रोशी, बेथानचोक लगायतका स्थानीय तहमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये १ को मृत्यु भएको छ भने २९ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.