लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु
रुपन्देही- कोभिड १९ भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक पुरुषको मृत्यु भएको ।
कपिलवस्तुको मायादेवीका ४० बर्षिय पुरुषको आइसियूमा उपचारका क्रममा निधन भएको हो । प्रादेशिक अस्पतालमै रहेको प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना देखिएको अस्पतालका फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।
साउन २९ गते अस्पताल भर्ना भएका उनलाई निमोनिया थियो । २९ गते नै गरिएको स्वाब परीक्षणको रिपोर्टको नतिजा प्रस्ट नभएपछि फेरि पीसीआर परीक्षण गरिएको थियो ।-






प्रतिक्रिया राख्नुहोस्