पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

‘वेर्स्टर्न नेपाल’ नामक पुस्तकको विमोचन

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उहाँले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताउनुभयो । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्नसमेत आग्रह गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रवद्र्धन गर्ने हिसाबले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहको जानकारी दिनुभयो । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न काम गरिरहेको जानकारी दिँदै बोर्ड मन्त्रीबाट प्राप्त रचनात्मक निर्देशन र सुझावअनुरुप काम गर्न सधैँ तयार रहेको बताउनुभयो । सो अवसरमा कार्यकारी प्रमुख डा रेग्मीले पर्यटन बोर्डका गतिविधिका बारेमा समेत जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रवद्र्धन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि बोर्डका कर्मचारी सधैँ तत्पर रहको बताउनुभयो । सोही अवसरमा फोटो पत्रकार भरतबन्धु थापाले लेखन तथा सङ्कलन गरेको ‘वेर्स्टर्न नेपाल’ नामक पुस्तकको विमोचनसमेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.