बुटवलमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो
रुपन्देही- रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या ६० पुगेको छ । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार ५ जना कर्मचारी सहित उनीहरुका परिवार र उपमहानगरका १९ वटै वडाहरुमा कोरोना संक्रमण देखिएको छ ।
हिजो सम्म ४२ जना रहेकोमा आज एकै दिनमा थप १८ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएकाले कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।
बुटवलमा कोरोनाको संख्यामा बृद्धि भएसँगै साउन ३० गतेबाट लकडाउन गरिएको छ । केही अत्यावश्यक बाहेक सबै पसल र सवारी साधन संचालन एवं हिँडडुल गर्न समेत रोक लगाइएको छ ।
तर निजी सवारी साधन धेरै संख्यामा चलेकोले लकडाउन प्रभाबकारी नभएको स्थानीयको गुनासो छ । बुटवलमा सबैभन्दा बढी वडा न १३ र ११ मा संक्रमितको संख्या बढी रहेको उपमहानगरले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्