कोरोना निरन्तर उकालोतिर, एक जनाको मृत्यु

काठमाडौं– दैनिक कोरोना संक्रमण दर फेरि उकालोतिर लागेको छ ।
गएको २४ घण्टामा देशभर ४६५१ जनाको नमूना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्या पनि बढेर १७७६ पुगेको छ ।





प्रतिक्रिया राख्नुहोस्