क्याम्पस निर्माणका लागि ५० लाख भन्दा बढीको जग्गा दान

कपिलबस्तु- कपिलबस्तुको यशोधरा गाँउपालिकास्थित क्याम्पस निर्माण गर्नका लागि स्थानीय समाजसेवीले १० कठ्ठा जग्गादान गरेका गर्नुभएको छ ।

यशोधरा गाउँपालिका वडा नं.५ सुठौलीका शोभनाथ कुर्मीले क्याम्पस निर्माणलाई १० कठ्ठा जग्गा दान गर्नुभएको हो ।

विद्यार्थीहरुको सुविधाको लागि क्याम्पसको भवन निर्माण गर्नलाई उहाँले भौतिक सम्पत्तिको अभाव भएकोले त्यस अभावलाई परिपूर्ति गर्न मालपोत कार्यालयमा गएर आफ्नो नाममा भएको जग्गा क्याम्पसको नाममा नामसारी गरिदिने घोषणा गर्नुभएको हो ।

दान गरेको जग्गा देखाउँदै दाता कुर्मी । फोटो सौजन्य : बासुदेव बर्मा

क्याम्पसलाई उपलव्ध गराइएको जग्गा ग्रामीण सडकले छोएले यसको प्रचलित मुल्य सरदर ५० लाख रुपैयाँ बराबर रहेको स्थानीयहरुको भनाइ छ । यशोधरा गाँउपालिकामा शिक्षा समाज र राष्ट्रको अभिन्न अंग भएकोले भौतिक संरचनाकै कारण शिक्षालयहरुले समस्या झेल्न नपरोस् भनेर क्याम्पस निर्माणका लागि जग्गा दान गरिएको जग्गादाता कुर्मीको भनाइ छ ।

जग्गा दाता कुर्मीलाई गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी,उपाध्यक्ष गुञ्जादेवी मौर्या, समाजसेवी राधेश्याम पाठक लगायतले सम्मान गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.