छोरी जन्माउने आमालाई भत्ता
बैतडी- बैतडिको दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको छ ।
स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले एक हजारका दरले प्रोत्साहन भत्ता पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेको गाँउपालिकाले जनाएको छ ।
छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्