५ सय ८१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा १ सय ६८ जना
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौं– पछिल्लो २४ घण्टामा मात्रै ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षणमा ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा १ सय ६८ जना संक्रमित भएकाका छन् । काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्