तारकेश्वरमा एकै परिवारका ४ जना मृत अवस्थामा

काठमाडौं- काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा आज बिहान श्रीमान-श्रीमती र दुई छोराछोरीको शव फेला परेको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ ।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए ।

उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन् । स्कुल जाने केटाकेटी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.