चितवन माइक्रोबस दुर्घटना अपडेट : १८ जना घाइते ( घाइतेहरुको विवरणसहित)

चितवन- नारायणगढबाट काठमामाडौँतर्फ आउँदै गरेको माइक्रो  दुर्घटना हुँदा १८ जना घाइते भएका छन ।

घाइते मध्ये ३ जनाको अबस्था गम्भीर छ। घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको हाम्रा धादिङ संवाददाता शिव सिलवालले जानकारी दिएका छन ।

नारायणगढ-मुग्लिन सडक खण्डको भोर्ले भन्ने ठाउँमा आज साँझ दुर्घटना भएको हो ।

बा ३ ख ८५८८ नंम्बरको माइक्रोबस सडकबाट करिब १५ मिटर तल खोलामा खसेको थियो ।

घाइतेहरुको विवरण :

१) धादिङ गल्छी गा.पा १ बस्ने बर्ष २६ को सरोज खतिवडा

२) धादिङ् निलकण्ठ न.पा १ बस्ने बर्ष २६ कि प्रमिला भट्ट

३) धादिङ् निलकण्ठ न.पा १ बस्ने बर्ष ३९ को टिकाराम श्रेष्ठ

४) धादिङ् थाक्रे गा.पा ९ बस्ने बर्ष २८ कि दिपा रेग्मी अधिकारी

५) नुवाकोट लिखु गा.पा २ बस्ने बर्ष २९ को सुवास नेपाल

६) चालक दोलखा सैलुङ् गा.पा ६ बस्ने बर्ष ३९ को धर्म ब.खड्का

७) धादिङ् गल्छी गा.पा ४ बस्ने बर्ष २९ को प्रकाश अधिकारी

८) नुवाकोट बिदुर न.पा बर्ष २६ कि सनिसा अधिकारी

९) नुवाकोट बिदुर न.पा ६ बस्ने बर्ष २६ को जिवन कुमाल

१०) ललितपुर बागमती गा.पा ५ बस्ने बर्ष २६ को विकास संजेल

११) धादिङ् निलकण्ठ न.पा बस्ने बर्ष २५ कि रोजिना श्रेष्ठ

१२) धादिङ जिल्ला गल्छी गा.पा ४ बस्ने बर्ष २७ को मनोज भण्डारी

१३) धादिङ जिल्ला धुनिबेशी न.पा ६ बस्ने बर्ष २३ को सुजन आचार्य

१४) धादिङ जिल्ला धुनिबेशी नपा ६ बस्ने बर्ष २४ कि सोस्तिका आचार्य

१५ ) सहचालक  मकवानपुर जिल्ला कैलाश गा.पा २ बस्ने बर्ष २७ को सरोज मोक्तान

१६ ) नुवाकोट ककनि ८ बस्ने बर्ष २५ को उपेन्द्र भण्डारी

१७) नवलपुर बुलिनटार गा.पा ५ बस्ने बर्ष ६ कि एन्जल कुमाल

१८) धादिङ् निलकण्ठ न.पा ३ बस्ने बर्ष २८ कि सावित्रि सापकोटा

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.