पृथ्वी राजमार्गको जोगिमारा-फिस्लिङ सडकखण्ड अबरुद्ध

धादिङ- अविरल वर्षाका कारण खसेको पहिरोले गर्दा पृथ्वी राजमार्गको जोगिमारा फिस्लिङ सडक खण्ड अबरुद्ध भएको छ ।

सडक माथिबाट खसेको ठुला-ठुला ढुङ्गाले गर्दा सडक अबरुद्ध भएको हो । अहिले सो अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

पहिरोका कारण खसेको ढुङ्गा निकै ठुलो भएको र लोडरले पन्छाउन नसक्ने भएकाले थप समस्या उत्पन्न भयको छ । सडक अबरुद्धका कारण राजधानी प्रवेशका लगि आएका सबै सवारीका साधनहरु जाममा परेका छन् ।

रातिदेखि सडक बन्द भएकाले सबैजसो रात्रिकालिन सेवाका सवारीका साधनहरु दुवैतर्फी जाममा परेका हुन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.