नवीन पौडेलको “हरहर बासना अगरबत्तिको” सार्बजनिक

काठमाडौँ-  गीत संगितको माध्यमबाट देशको कला संस्कृति एबम् पर्यटन प्रवर्धन गर्न लामो समयदेखि लागि परेका युवा लोक गायक नवीन पौडेलले नयाँ गीत निकालेका छन  । पछिल्लो समय तिजको अबसर पारेर उनले  ‘हरहर बासना अगरबत्तीको’ गीत सार्वजनिक गरेका हुन् ।

नवीन, स्वीकृती र आशाको संयुक्त प्रस्तुतीको रुपमा यो गीत बजारमा उपलब्ध  छ ।

पढाइ सिकाइ मात्रै होइन अतिरिक्त कृयाकलापमा पनि अग्रणी शैक्षिक सस्था रुपन्देहिको देबदह नगरपालिकास्थित देबदह बोर्डिङ हाइ स्कुलको कक्षा आठमा अध्यनरत छात्रा स्वीकृति पौडेलको जिबन्त अभिनय एबम आशा बिसी र नवीन पौडेलले स्वर दिएको गीत “हर हर बासना अगरबत्तिको, कस्ले माया गर्छ तिम्लाइ मैले जत्तिको” सार्बजनिक भएसँगै यसले सांगितिक क्षेत्रमा चर्चा पाएको छ ।

यो गीत आशा बिसी युट्युब च्यानलमार्फत बजारमा उपलब्ध छ ।

गीतको शब्द स्वयं पौडेल नै कोरेका हुन भने गीतको म्युजिक एरेन्ज कृष्ण केसीले गरेका छन।

बिष्णु भट्टराईले निर्देशन गरेको म्युजिक भिडियोको लय संकलन रबि कार्कीले गरेका छन।

सामाजिक सञ्जालहरु फेसबुक र टिकटकमा बढी नै रुचाइएको गीत सबैको मन मुटुमा बसेको गीतका गायक नवीन पौडेलले नेपालटिभी अनलाइनसँग बताए ।

नवीन पौडेल, लोक गायक

यसअघि पौडेलका तीजकै अबसरमा सार्वजनिक भएका- “दुखका दिन गए- सरकारले घरघरमै ग्यास ल्याइदिन्छ रे, हेर्दा हेर्दै नेपाली भाग्यमानी भए”,”नयाँ पार्टी खोल्छु”, “फुलेको तोरीलाई, हुर्किएकी छोरीलाई, जोगाउनै गाह्रो”, “लेउ खुकुरी लेउ”, “भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ”, “के सम्झनु छ र, जान्न म त त्यो घर” “बोल्नुपर्छ ओइ” लगायतका दर्जनौँ गीतहरु चर्चित भइसकेका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.