रुपन्देही- २ बाट एमाले उपाध्यक्ष पौडेल र दाङ- २ बाट पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ ।
एमाले क्षेत्रीय कमिटीको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ ।
यसैगरी नेकपा(एमाले)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं २ बाट शङ्कर पोख्रेललाई उम्मेदवार सिफारिस गरेको छ ।
एमाले महासचिवसमेत रहनुभएका पोखरेललाई पार्टीको क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ (क) बाट निर्वाचित हुनुभएको थियो । उहाँ लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री हुनुहुन्छ ।-
प्रतिक्रिया राख्नुहोस्