कोरोना संक्रमणको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा

१५ औं योजना परिमार्जन गर्ने तयारीमा आयोग (भिडियो सहित)

काठमाडौं- कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्ने तयारी राष्ट्रिय योजना आयोगले गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दीको अवस्था रहेपछि पन्ध्रौं योजनाले आत्मसाथ गरेका लक्ष्यहरु पुरा हुन नसक्ने देखिएकाले परिमार्जन गर्नुपर्ने आयोगको ठम्याइ छ ।

कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हाँसिल नहुँदा पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्यहरुमा परिमार्जन गर्नुपर्ने अबस्था देखिएको हो- आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले भन्नुभयो ।

पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेकोमा कोरोनाका कारण आर्थिक वृद्धि खुम्चिएकाले परिमार्जन गरी अगाडि बढ्नुपर्ने स्थिति आएको छ।

कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएको तर दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेको उपाध्यक्ष कँडेलको भनाइ छ।

अहिलेको अर्ध लकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने सोचाइमा आयोग छ।

राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजना लक्षित समयमा सम्पन्न गर्न नसकिने अवस्था आएको आयोगले जनाएको छ।

कार्यान्वयनमा रहेका आयोजनाहरुमा खासै असर नपरेपनि आयोजना सम्पन्न हुन लाग्ने समय बढ्ने देखिएकाले आयोजनाहरुको लागत समेत बढ्न जाने आयोगले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.