कहाँ पुग्यो गठबन्धनको सिट बाँडफाँड ?

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

बुधबार राति अबेरसम्म बसेको बैठकले एक–एक सिटमा छलफल गर्दै टुंगो लगाउने कोसिस गरेको छ ।

सिट बाँडफाँटमा समझदारी बनाउन गठबन्धनले साउन २२ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल बनाएको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बुझाउने तयारी गरेको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एक सय, माओवादीले ६०, जसपाले ३२ र समाजवादीले २० सिटमा दाबी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.