सिट बाँडफाँड टुंगो लागेन
काठमाडौं– सत्ता गठबन्धन दलबीच सिट बाँडफाँडका लागि अझै टुंगो लागेन ।
आइतबार बालुवाटारमा बसेको बैठक गृहकार्य गर्ने भन्दै सकिएको छ । बैठक भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ भएको जानकारी दिनुभयो ।
शनिबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धनुषाबाट फर्कन ढिला भएपछि बैठक रोकिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्