नयाँ नोट साँट्न शुरु

काठमाडौँ- दशैं, तिहार तथा छठलाई लक्षित गरेर आजदेखि बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणका लागि नयाँ नोट साट्न शुरु गरेका छन ।

नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि नयाँ नोट दिन थालिएको हो ।

नोट साँट्ने सुविधा पाएकै पहिलो दिन आज बैंकहरुमा मानिसहरु पैसा लिन लाइनमा बसेका थिए ।

बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट नयाँ नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । एक जनाले एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साट्न पाउने छन ।

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराएको जनाएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.