सोलुखुम्बुमा पर्वतीय प्रतिष्ठानको संरचना बनाउने काम सुस्त
सोलुखुम्बु- सोलुखुम्बुमा निर्माणाधिन पर्वतीय प्रतिष्ठानको संरचना निर्माणको गति सुस्त भएको छ ।
२० बर्षदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ गार्मामा निर्माणाधिन पर्वतीय प्रतिष्ठानको संरचना निर्माणको प्रगति ३० प्रतिशत मात्रै छ ।
यहाँ २ हजार ९ सय रोपनी क्षेत्रफलमा पिकनिक रिसोर्ट, बहुउदेश्यीय हल लगायतका भौतिक संरचना बनाउने उदेश्य राखिएको थियो ।
४७ वटा भवन निर्माण हुनुपर्नेमा हालसम्म ७ वटा मात्रै भवन निर्माण भएको पर्वतीय प्रतिष्ठान सोलुखुम्बुका इन्जिनियर भक्तराज जोशीले बताउनुभयो ।
केन्द्र सरकार मातहतमा निर्माण भइरहेको प्रतिष्ठानको संरचना बनाउन बजेट अभाव भएकोले निर्माणले गति लिन नसकेको प्राविधिकहरुको भनाइ छ।
हालसम्म करिब २३ करोडको लागतमा प्रशासनिक भवन, होस्टल, क्लास रुम, पुस्तकालय भवन, (हिमाली मान्छे) यतिको मुर्ति निर्माण गरिएको छ ।
प्रतिष्ठानको संरचना निर्माणका लागि बार्षिक २ करोड निकासा हुँदै आएको छ ।
भौतिक संरचनाले पुर्णता नपाउँदा पर्वतारोहण अध्ययन गर्ने विद्यार्थीको लागि समस्या भएको नेपाल माउण्टेन एकेडेमीका विद्यार्थी पासाङ नुरु शेर्पाको भनाइ छ ।
सन् २००२ देखि सुरु गरिएको संरचना निर्माणको प्रगति हेर्दा निर्माणले पुर्णता पाउन अझैँ बर्षौँ लाग्ने देखिन्छ ।।
प्रतिक्रिया राख्नुहोस्