निरन्तरको बर्षाले सौराहाको पर्यटन व्यवसाय थप समस्यामा

चितवन- दशैसगैँ पर्यटकहरुको चहलपहल हुने सौराहामा यस बर्ष लगातारको बर्षाले पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन् ।
बर्षाले पर्यटक आगमनमा शुन्यता छाएसगैँ यहाँका व्यवसायीहरुमा चिन्ता बढेको हो ।

मुलुकको तेश्रो पर्यटकीय क्षेत्र चितवन सौराहा यतिवेला बर्षाका कारण पर्यटकहरु नआउँदा थप मारमा परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

“दुई बर्षसम्म कोभिडको मारमा थियौँ”- रेवान सौराहाका पूर्व अध्यक्ष गोर्कण गिरीले भने, “अब त दशैँ अयो पर्यटकहरु आउछन् भनेर कुरेर बसेको त, लगातार बर्षाले शुन्यता छायो ।”

यसअघि यहाँका व्यवसायीहरुले भुकम्प,नाकावन्दी, नारायाणगढ–मुग्लिन सडकका कारण व्यवसाय सुस्ताउँदा मारमा परेका थिए ।

बर्षासगैँ राप्ती र बुढी राप्ती नदीमा आएको बाढीले गर्दा डुबानसगौ पर्यटकहरुले गरेको बुकिङ्ग समेत रद्द भएको क्षेत्रिय होटल संघ सौराहाका  महासचिव गुणराज थपलियाले जानकारी दिए ।

यतिवेला सुस्ताएको पर्यटनमा नयाँ आयम थपिनेमा आशावादी थियौँ व्यवसायी राममणि खनालले भने अब त उठिबास हुने हो कि भन्ने चिन्ता बढ्यो ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ्गले भने, “हामीले त सोचेका पनि थिइनौँ, यस्तो पनि हुन्छ भनेर ।”

जसका कारण यतिवेला व्यवसायीहरुमा नैराश्यता छाएको छ ।

विदाका कारण परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि सौराहामा  अब  केही समय पर्यटक नआउने भएका छन् ।
निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पंक्षीहरुले पर्यटकको मन जित्ने गर्थ्यो  तर अब यो केही समय समस्यामा परेको छ । व्यवसायी गोविन्दप्रसाद अधिकारीले भने- हेर्नु न अहिले बर्षासगैँ आएको बाढीले जीप सफारी गएका पर्यटकहरु नै अलपत्र परे ।’
यहाँ विपद्मा तत्कालै उद्दार गर्ने संयन्त्र नहुदाँ थप समस्या परेको उनले बताए ।

निकुञ्जमा जीप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफिर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर चराचुरुङ्गगीले पर्यटकको मन लोभाउने गर्दछ ।

पर्यटक नआउँदा सौराहाका पव, रेष्टुरेन्टका छाप्राहरू सुनसान देखिएका छन् । चितवनको सौराहा मात्रै नभई भरतपुर, पटिहानी, जगतपुर, मेघौलीका होटलहरूमा पर्यटकको संख्या कमी देखिएको छ ।

सौराहामा ७० वटा रेष्टुरेन्ट र १२० वटा साना ठुला होटलहरु रहेका छन् । सौराहा क्षेत्रमा मात्रै पर्यटन क्षेत्रमा ७ अर्ब बढी लगानी भएको क्षेत्रीय होटल संघको तथ्याकं छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.