सत्ता गठबन्धनमा सिट बाँडफाँड (सूचीसहित)

काठमाडौं– सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटेको छ ।

नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको सिट बाँडफाँटमा सहमति जुटेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो ।

बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस नेताका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभामा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन पार्टी तयार रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.