मुस्ताङमा पनि पहिरो

मुस्ताङ- हिमालपारिको जिल्ला मुस्ताङमा पनि पहिरो गएको छ ।

मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको हो । सडक माथिबाट ठूल्ठूला ढुङ्गा, लेदोमाटो र गेगरसहितको भलबाढी आएपछि सडक यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

वर्षा र बाढी पहिरोकै कारण सडक यातायात ठप्प हुनुका साथै हवाई उडान समेत बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । चार दिनदेखिको प्रतिकुल मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाई उडान नहुँदा पर्यटकहरु समस्यामा परेका छन् । त्यस्तै अविरल वर्षासँगै म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक, गूर्जाखानीलगायत उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

मुस्ताङको मुक्तिनाथको डाँडाकाँडासहित धौलागिरि र निलगिरी रेन्ज तथा चौंरीखर्क क्षेत्रमा हिउँ परेको मुस्ताङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.