यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

काठमाडौं- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फको उम्मेदवार टुङ्गो लगाएको छ ।

समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुनेछ भने पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुनेछ ।

एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेका अनुसार प्रवक्ता जगन्नाथ खतिवडा उदयपुर – २, कृष्णकुमार श्रेष्ठ किसान बारा – ४, जीवनराम श्रेष्ठ काठमाडौं – ८, कृष्णलाल महर्जन ललितपुर – २, राजेन्द्रप्रसाद पाण्डे धादिङ – १, विरोध खतिवडा मकवानपुर – १, श्रीनाथ बराल कास्की – २, रामकुमारी झाँक्री गुल्मी – २, सोमप्रसाद पाण्डे पाल्पा – २, राजु गुरुङ रुपन्देशी – २, मेटमणि चौधरी दाङ – १, प्रकाश बुढाथोकी ज्वाला सल्यान, धनबहादुर बुढा मगर डोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार चयन हुनुभएको छ ।

यसैगरी, अम्बरबहादुर थापा दैलेख – १, शेरबहादुर कुँवर अछाम – १, भानुभक्त जोशी बझाङ, प्रेमबहादुर आले डोटीको उम्मेदवार हुनुहुन्छ । नेकपा (एस)को प्रतिनिधिसभातर्फ २० मध्ये १९ सिटमा टुङ्गो लागेको र कास्की जिल्ला कमिटीले शिवजी गुरुङ र श्रीनाथ बराल दुईमध्ये एक उम्मेदवार चयनबारे छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.