आधा मुलुक ठप्पः कोरोनाको संक्रमण बढेपछि देशका ४० बढी जिल्लामा निषेधाज्ञा र लकडाउन

काठमाडौं- कोभिड-१९ सङ्क्रमण रोक्न अहिलेसम्म देशका ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा र लकडाउन गरिएको छ ।

सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालयहरुले निषेधको आदेश जारी गरी सङ्क्रमण रोक्न क्रियाशिल भएका हुन् ।

गृह मन्त्रालयका अनुसार देशको ४० जिल्लामा निषेधको आदेश जारी भइसकेको छ । अन्य जिल्लाले पनि उच्च सावधनी अपनाउँदै काम गरिरहेका छन् । यसले मुलुकको आधा भाग ठप्प हुन पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण फैलिएको छ । पछिल्लो समयमा उपत्यकामा फैलने दर तीव्र गतिमा गइरहेको छ । सङ्क्रमण रोक्न सरकारले चैत ११ गते घोषणा गरेको बन्दाबन्दी साउन ६ गतेदेखि अन्त्य गरेको थियो । त्यसपछि संक्रमण फेरी बढेको सन्दर्भमा स्थानीय तह र प्रसासनको सक्रियतामा रोकथामको प्रयास गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.