आयोगले सार्वजनिक गर्‍यो बन्दसूची

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले आज बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् । त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए ।

बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.