अलपत्र परेका पर्यटकलाई हेलिकप्टरबाट उद्धार

हुम्ला- हुम्लाको चाङला हिमालकाे बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार गरिएकाे छ ।

एकसातादेखि सिमकाेट गाउँपालिका-१ स्थित चाङला हिमाल चढन पुगेका पाँच जना बेलायती नागरिक र दुई जना नेपाली नागरिकलाई माउन्टेन एयरकाे हेलिकप्टरबाट सकुशल उद्धार गरिएकाे हाे ।

साेमबार दिउँसो अलपत्र परेका सात जना पर्यटकहरूकाे उद्धार गर्न प्रयास गरिएपनि खराब माैसमले उद्धार हुन नसकेकाे माउन्टेन एयर हेलिकप्टरका फ्लाइट अफिसर आकृति प्रधानले जानकारी दिइन ।

साेमबार गृहमन्त्रालयबाट परिपत्र आएपछि चाङला हिमालकाे बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकहरूकाे उद्धार गर्न भनिएपनि माैसमले साथ नदिएपछि आज उद्धार गरिएकाे हो ।

हिमाल चढन चाङला हिमाल पुगेका पाँच बेलायती नागरिक र दुई जना नेपाली नागरिक चाङला हिमालमै एकसातादेखि अलपत्र परेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.