सामाजिक सञ्जाल प्रयोग चुनौतीः थपलिया
पोखरा– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताउनुभएको छ ।
नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न पोखरामा शनिबार आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले नियन्त्रण चुनौतीपूर्ण रहेको बताउनुभयो ।
थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्