८ तस्बिरमा हेर्नुहोस् निषेधाज्ञाको तेस्रो दिन (फोटो फिचर)

काठमाडौं– कोरोना भाइरस ९कोभिड १९० को संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै भदौ ३ गते राति १२ बजेदेखि उपत्यकाभर निषेधाज्ञा लागू गरिएको छ ।

औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा कुनै व्यक्तिलाई घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रशासनले निषेधाज्ञालाई प्रभावकारी बनाउन सबै खालका संयन्त्र परिचालन गरेको छ । अतिआवाश्यक बाहेकका काममा घर बाहिर निस्कन दिइएको छैन । सवारी पाससमेत रोकेर आवागमन कडा बनाइएको छ ।

सार्वजनिक बिदाका कारण पनि शनिबारको निषेधाज्ञामा काठमाडौंको सडक चकमन्न थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.